जेनजी आन्दोलनका घाइतेको निःशुल्क मनोसामाजिक परामर्श गर्ने मन्त्री शर्माको निर्णय
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्। आइतबार शपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले उक्त निर्णय गरेकी हुन्। मन्त्री शर्माले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन्।त्यस्तै उनले भ्रष्टाचारले मुलुकमा निकै समस्या निम्त्याएको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्ने बताइन्।
