SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नेपाल अमेरिकासँग पराजित

काठमाडौं : आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन बनाए। सोमपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्।