SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

दुर्घटनाले खोलेको रहस्य: पूर्वी मोरङ हुँदै गाई गोरु भारत तस्करी

विराटनगर : गाई गोरु लोड गरिएको पिकअपले उर्लाबारी–आमबारी सडक खण्डमा शनिबार दिउँसो सीटी सफारीलाई ठक्कर दियो। त्यो घटना दुर्घटना मात्रै सीमित रहेन। त्यसले गाई गोरुको भारततिर भइरहेको व्यापक तस्करीको धन्दालाई पर्दाफास गरेको छ। उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो क्रस गर्दै गरेको प्र १–०१–००२ ह १९२६ नम्बरको सीटी सफारीलाई दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो।