हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ
म्याग्दी : म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन्। बेनीनगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्री पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन्।
