भारतविरुद्ध जित निकाल्दै नेपाली समर्थकलाई सकारात्मक सन्देश दिन चाहन्छौँ : नवीन न्यौपाने
काठमाडौं : नेपाल र भारतले भोलि त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा खेल्दैछन्। त्यसअघि नेपालका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको तयारीबारे बताएका छन्।भारतविरुद्धको खेल नेपालका लागि निकै रोमाञ्चक र प्रतिस्पर्धी हुने उनले बताए। उनले भने,'भारत हाम्रो लागि जहिले पनि बलियो प्रतिस्पर्धी हो। इरानले दुई खेल जित्दै उपाधि जिते पनि भारतलाई पराजित गर्दै ३ अङ्कसहित यो प्रतियोगिता सक्न चाहन्छौँ।
