SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

काठमाडौं : गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने भएको छ।यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।उनले भने, ‘जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए।