SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

मधेसमा समा चकेवाको चर्चा, संगीतमय बन्दै मधेस

महोत्तरी : मधेसमा अहिले समा चकेवाको चर्चा छ। छठ पर्वको खरना दिनदेखि यस भेगमा महिलाहरू सामूहिक रूपमा समा चकेवाको लोकगीतमा झुम्ने गरिन्छ।व्रतालुले छठपर्वको खरना विधि मनाउने तयारी गरिरहेको क्रममा युवतीहरू भने आज दिउँसो माटोको कलात्मक समा चकेवाको मुति बनाएका छन्। जुन हरेक राति सो मूर्तिलाई डालोमा राखि लोक शैलीमा गीत गाउँदै समाचकेवा खेलिने छ। दिदी बहिनी तथा दाजुभाइ बीचको अमर प्रेमको प्रतीक रहेको समा चकेवाको गीत आजदेखि घरघरमा गुन्जिन थालेको छ।