२३ लाख खर्चेर सजाइएको वीरगन्जको घडीअर्वा छठघाट यस्तो देखियो (फोटोफिचर)
वीरगन्ज : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए।उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।
