मनाइयो खरना, छठको मुख्य पूजाको तयारी गरिँदै
महोत्तरी : छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइएको छ। ब्रतालुले आइतबार साँझ आफ्ना कूल देवतालाई घरमै पकाएको सख्खर र चामलको खीर, नैवेद्य लगायतका फूलप्रसाद अर्पण गरेका छन्।यसरी निष्ठापूर्वक पूजा सम्पन्न भएपछि दिनभरि नै निराहर उपवास बसेका व्रतालुले सो प्रसाद स परिवार प्रसादका रूपमा खाएका छन्। प्रसाद ग्रहण गरेका व्रतालुले अबको ३६ घण्टे छठपर्वको मुलपूजाका लागि उपवासमा बसेका हुन्। उनीहरूले पर्सि मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पारण गरिनेछ।
