SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आँबुखैरेनीबाट लागुऔषधसहित शुक्लागण्डकीका युवा पक्राउ

गोरखा : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी ९ का २५ वर्षका सागर क्षेत्रलाई पक्राउ गरेको इप्रका आँबुखैरेनीले जनाएको छ।उनको साथबाट डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।