SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

नवनियुक्त मन्त्रीद्वय गौतम र गुप्ताले लिए शपथ

काठमाडौं । नवनियुक्त २ मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आइतबार अपरान्ह राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीद्वय डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।