जेनजी आन्दोलनमा आगजनी गर्ने विरुद्ध जाहेरी दिने सर्वोच्चको तयारी
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक-दुई दिनमै जाहेरी दर्ता गर्ने तयारी गरेको हो । सर्वोच्च प्रशासनले आगजनीमा संलग्नलाई कुनै हालतमा छुट दिन नहुने अडान लिएको छ ।
