SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौं ।  गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कार्तिक १ गतेदेखि पुनःट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।