SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरू फिर्ता गर्ने सरकारको निर्णयबारे कारण पेस गर्न आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै दायर गरिएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आइतबार ‘कारण देखाउ आदेश’ जारी गरेको हो ।