खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा सिँधै किसानको खातामा पठाइने
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको छ । कार्तिक ८ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतमा बसेको बैठकले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्न विभिन्न १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
