एभरेष्टलाई राष्ट्र बैंकको निर्देशन ‘८.९६ प्रतिशत शेयर नबेचेसम्म प्रतिमालाई लाभांश नदिनु’
एभरेष्ट बैंककी सबैभन्दा ठूलो शेयरधनी बनेकी प्रतिमा श्रेष्ठले तत्काल बैंकबाट लाभांश नपाउने भएकी छिन् । नेपाल राष्ट्र बैंकले बैंकमा उनको शेयर स्वामित्व तोकिएको सीमामा कायम नभएसम्म उनलाई लाभांश नदिन निर्देशन दिएको हो। राष्ट्र बैंकले असोज ८ गते यस्तो निर्देशन दिएको हो।
