नेपाल एयरलाइन्सका अध्यक्षको कार्यकाल सकियो, अख्तियारमा उजुरी परेपछि सरकारले दिएन निरन्तरता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकाल सकिएको छ । अधिकारी कार्तिक ४ गतेबाटै बिदामा बसेका थिए । उनको कार्यकाल कार्तिक ७ गतेसम्मको थियो । यस बीचमा तिहार बिदा परेकाले उनी कार्तिक ४ गतेदेखि नै बिदामा बसेका थिए ।
