SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

निष्पक्ष रूपमा निर्वाचन गराउन आयोग सफल नभएको पद्मा अर्यालको दाबी

काठमाडौं : नेकपा (एमाले)की सचिव पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।शुक्रबार ललितपुरमा आयोजित निर्वाचन आयोगको मध्यावधि समीक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन मनि, मसल र मिडियाको प्रभावमा परेर निष्पक्ष नहुँदा पनि आयोगले समस्या निराकरण गर्न नसकेको आरोप लगाइन्। उनले आफ्नो निर्वाचन क्षेत्रबाट सयमा ९९ प्रतिशत मत खसेको झुटो विवरणलाई समेत सदर गरेर निर्वाचन आयोगले आफूलाई न्याय नदिएको गुनासो गरिन्।