SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

भाइटीका लगाएको क्षणभरमै लुटियो केसी परिवारको खुसी

बुटवल  : भाइटीकाको दिन सबै परिवार घरमा जुटेका थिए। टीकाको दिन ‘जम्मो’ परिवार जुट्दा खुसीको बेग्लै उत्साह र उमंग थियो। साइतमै टीका लगाएर रमाइरहेको थियो नेता टान बहादुर केसीको परिवार। टीका लगाएको करिब दुई घण्टा भइसकेको थियो। खाना खानुअघि घरमा जुटेका दिदीबहिनी र सबै परिवार एकपटक नाचेर मात्र खाना खाने निधो भयो। त्यसै अनुसार बुटवल उपमहानगरपालिका–१९ नहरपुर मिलनटोलका टान बहादुर सबै परिवारका बीचमा नाच्दै थिए। तर, अकस्मात नाच्दानाच्दै ढले।