SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कैलालीमा जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

धनगढी : कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्।