कसैप्रति घृणा नफैलाउन सन्दीप लामिछानेको आग्रह
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा नफैलाउन आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका हुन्। यसअघि लामिछानेले एक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका थिए। उक्त भिडियोले आफ्नो चरित्र हत्या भएको भन्दै यसमा कानुनी उपचार खोज्ने बताएका छन्।
