मोरङमा बालिकाको बीभत्स शव फेला, बलात्कारपछि हत्या गरिएको अनुमान
विराटनगर : मोरङको लेटाङमा दुई सातादेखि बेपत्ता भएकी एक बालिकाको शव शुक्रबार जंगलभित्र अत्यन्तै वीभत्स अवस्थामा फेला परेको छ। लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव बेलबारी–चिसाङ साझेदारी वनभित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको हो। शव कुहिएर दुर्गन्धित भइसकेको र वरिपरि दुर्गन्ध फैलिएको जानकारी उनले दिए।
