नेपाल र इरान बीचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं : नेपाल, भारत र इरानबीच त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगितामा नेपाल र इरानबीच जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलको पहिलो हाफमा दुवै टिमले केही अवसर प्राप्त गरे पनि गोल गर्न भने सकेनन्।खेलको एघारौँ मिनेटमा नेपालले फ्री किकमार्फत राम्रो मौका पाएको थियो। जसमा प्रीति राईले प्रहार गरेको फ्री किक बललाई राम्रोसँग कन्ट्रोलमा लिन सकिनन्।खेलको १३औँ मिनेटमा इरानका लागि जर्सी नम्बर ८ की सबनमले बक्स भित्रबाट प्रहार गरेकी थिइन्।
