रुकुम पश्चिमको झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
रुकुमपूर्व : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन्।स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। उनका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप झारमारेमा दुर्घटनाग्रस्त भएको हो।गाडी चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। जिपमा सिट क्षमताभन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक जानकारी आएको छ।
