कारले पछाडिबाट ठक्कर दिँदा रुखमा ठोक्कियो पिकअप, नौ जना घाइते
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोवेनी बजार नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। टाँडी–मधुमल्ला भित्री सडकखण्डमा दुर्घटना हुँदा पिकअपमा सवार रहेकाहरु घाइते भएका हुन्। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार टाँडीबाट मधुमल्लातर्फ गइरहेको को १ च ९६०२ नम्बरको पिकअपलाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ६११८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि पिकअप अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्कियो।
