SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

डेरामा बसेर लागुऔषधको कारोबार गर्ने पक्राउ

विराटनगर : डेरामा बसेर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने एक जनालाई प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–७ बाट पक्राउ गरेको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको गौरादह नगरपालिका–६ का ४३ वर्षीय मोहनसिंह बारहीलाई पक्राउ गरिएको हो। गौरादह घर भएका बारही उर्लाबारी–७ का गोरख खड्काको घरमा डेरा बस्दै आएका थिए। डेरामा बसेर उनले लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।