नेपाल इरानसँग पराजित, इरान प्रतियोगिताको उपाधि विजेता
काठमाडौं : नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको हो।नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ।खेलको एघारौँ मिनेटमा नेपालले फ्री किक मार्फत राम्रो मौका पाएको थियो। जसमा प्रीति राईले प्रहार गरेको फ्री किक बललाई कप्तान सावित्रा भण्डारीले राम्रोसँग कन्ट्रोलमा लिन सकिनन्।
