SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद, मेडिकल सञ्चालक फरार

विराटनगर : प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–२ बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको छ। उक्त औषधिसहित शुक्रबार दिउँसो १ जना पक्राउ परेका छन्। प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोकेको थियो। त्यस क्रममा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिइएको बताइन्।