डिप्रेसनको औषधिले गर्छ साइड इफेक्ट, स्वास्थ्यमा असर गर्न सक्ने अनुसन्धानकर्ताको चेतावनी
काठमाडौं : डिप्रेसनका धेरै प्रकारका औषधि उपलब्ध छन्। पहिलो पटक एक अध्ययनले विभिन्न प्रकारका डिप्रेसनका औषधिलाई साइड इफेक्टको आधारमा वर्गीकृत गरेको छ।विभिन्न डिप्रेसनको औषधिको साइड इफेक्टमा उल्लेखनीय भिन्नता देखिएको छ।अनुसन्धानकर्ताले उपचारको पहिलो आठ हप्तामा बिरामीमा यी औषधिको प्रभावको अध्ययन गरे।केही डिप्रेसन औषधिले बिरामीको तौल २ किलोग्रामसम्म बढाउने वा मुटुको धड्कनमा प्रति मिनेट २१ धड्कनसम्मको भिन्नता ल्याउने पत्ता लाग्यो।
