प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, के भयो छलफल
काठमाण्डु – महानगरपालिका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेन जी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे छलफल भएको छ । भेटमा मेयर बालेनले जेन जी आन्दोलनको माग अनुसार कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
