मैथिल समुदायमा छठ पर्वको तयारी सुरु
काठमाडौं । मैथिल समुदायको प्रमुख पर्व छठको तयारी जनकपुरधाम लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रमा हर्षोल्लासपूर्वक सुरु भएको छ । अन्नकुट, गोधन तथा भ्रातृद्वितिया पर्व सम्पन्न भएपछि पारिवारिक सुख, समृद्धि र दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारीमा स्थानीय बासिन्दा व्यस्त भएका छन् ।
