तीव्र गतिमा बढ्दै डिजिटल कारोबार गर्नेको संख्या
काठमाडौं । नेपालमा पछिल्लो समय नगदरहित कारोबारको दायरा तीव्र गतिमा फैलिँदै गएको छ । दैनिक किनमेलदेखि ठुला रकमको आर्थिक कारोबारसम्म अहिले डिजिटल माध्यमबाट गर्न सहज भएको छ । अधिकांश नेपालीहरू अहिले स्मार्टफोनमार्फत डिजिटल भुक्तानी गर्न अभ्यस्त बन्दै गएका छन् ।
