SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

भक्तपुरमा किसान धानबाली भित्र्याउन व्यस्त, मल-बिउ अभावको गुनासो

काठमाडौं । तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् । शुक्रबार दिउँसो भक्तपुरस्थित ठिमी बोडेका खेतबारीमा किसानहरू धान काट्न व्यस्त देखिन्थे । उनीहरूले अहिलेको मुख्य काम धानबाली भित्र्याउने भएको बताउँदै खेतीका लागि आवश्यक सामग्री अभावमा गुनासो गरेका छन् ।