SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ताकाइचीको नीतिगत घोषणा : जापानको रक्षा क्षमता अभिवृद्धि र सैन्य बजेट दोब्बर पार्ने

काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले संसद्मा पहिलो नीतिगत सम्बोधन दिँदै देशको रक्षा क्षमता अभिवृद्धि गर्ने र सैन्य खर्च बढाउने प्रतिबद्धता जनाएकी छन् । चीन, उत्तर कोरिया र रुससँग बढ्दो क्षेत्रीय तनावबीच उनले जापानको सुरक्षा रणनीति अद्यावधिक गर्ने योजना सार्वजनिक गरिन् ।