तिहारको एक सातामा ६९ दुर्घटना
काठमाडौं । नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै विभिन्न जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् ।
