हुम्लामा बन्ने भयो ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
रासस आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३ सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले ईआइएको काम अगाडि बढाएको हो ।
