प्रचण्ड र माधब नेपालबीच पार्टी एकताको सहमति, नामबाट ‘माओवादी’ हटाएर ‘समाजवादी’ राखिने
नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच पार्टी एकता गर्ने अन्तिम चरणको सहमति भएको छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकेको निर्वाचनका लागि दल दर्ता गर्न दिएको समयअघि नै दुई पार्टीबीच एकता हुने बताइएको छ । अब नेतृत्व र चुनाव चिन्ह मात्रै मिल्न बाँकी छ ।
