SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

युवकहरूबीच विवाद भएपछि खुकुरी प्रहार, एकजना घाइते

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–११ चौतिसघरेमा बुधबार राति वादविवादका क्रममा धारिलो हतियार खुकुरी प्रहार हुँदा एक किशोर घाइते भएका छन्।धरान–०५ बस्ने १५ वर्षीय आयुस रम्तेलमाथि सोही वडामा बस्ने १३ वर्षीय सन्तोष भुजेलले खुकुरी प्रहार गरी घाइते बनाएका छन्। सामान्य वादविवादपछि भुजेलले रम्तेलमाथि प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले बताए।