गोरु जुधाउँदै परम्पराको जगेर्ना
रुकुमपूर्व : लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका–६, महतमा परापूर्वकालदेखि चलिआएको गोरु जुधाउने परम्परागत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा कृषक हर्कबहादुर सुनार प्रथम, तपस घर्ती द्वितीय, अमरजङ बुढा तृतीय तथा प्रेम बुढा र सूर्य बुढा सान्त्वना स्थानमा परेका छन्। विजेताहरूले क्रमशः पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय रुपैयाँका पुरस्कार प्राप्त गरेका छन्।
