राष्ट्रपति पौडेलले गरे शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन्। राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।
