SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

ट्रम्पले लगाए रुसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध

युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिनका लागि अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल रहेको बीबीसीले उल्लेख गरेको छ।  राष्ट्रपति ट्रम्पले भने, ‘हरेक पटक जब म भ्लादिमिर (पुटिन)सँग कुरा गर्छु, कुरा राम्रै हुन्छ तर अगाडि बढ्दैन।’ट्रम्पले यो कुरा नेटो महासचिव मार्क रुटसँगको भेटपछि बताएका हुन्।