दुई स्थानमा बजार अनुगमन
नुवाकोट : चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न दुई स्थानमा बजार अनुगमन गरिएको छ। लगातार अनुगमन गरी खाद्य सुरक्षाको प्रभावकारितामा जोड दिएका कारण उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ। सरोकारवाला कर्मचारीसहित गाउँ प्रहरीको संयुक्त टोलीले तारकेश्वर २ को तारुकाघाट र तारकेश्वर ४ को बुधसिंहमा रहेका विभिन्न पसलहरूको छड्के अनुगमन गरेको हो।
