गरिब र विकासोन्मुख देशका महिलामा हुने क्यान्सरबारे अध्ययनले गर्यो यस्तो खुलासा
काठमाडौं : द ल्यान्सेट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कम र मध्यम आय भएका देशमा स्तन र पाठेघरको मुखको क्यान्सर भएका २० प्रतिशतभन्दा कम महिलालाई प्रारम्भिक चरणमा निदान हुने गरेको खुलासा गरेको छ।उच्च आय भएका देशमा प्रत्येक पाँचमध्ये दुई महिलाको क्यान्सर प्रारम्भिक चरणमा पत्ता लाग्ने गरेको अध्ययनले देखाएको छ।अध्ययनका अनुसार कम आय भएका देशमा धेरैजसो केस रोग पहिले नै विकसित भइसकेको बेला पत्ता लाग्छन्। यसले गर्दा विकसित देशका महिलाको तुलनामा यी महिलाको बाँच्ने सम्भावना धेरै कम हुन्छ।
