SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

भाइटीका लगाएर फर्कँदै गरेका व्यक्तिको बसको ठक्करबाट मृत्यु

दाङ : बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। दिदीको हातबाट तिहारको टीका लगाएर फर्किंदै गर्दा बसको ठक्करबाट राप्ती गाउँपालिका-५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ।