पेस्तोलसहित एकजना पक्राउ
ललितपुर : ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २:५० बजे खोटाङको साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र चार लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिए।खोटाङको साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए।
