जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका
कामठाडौं : जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।आज काठमाडौंको माइतीघरमण्डलमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा शहीदहरूका तस्बिरमा भाइटीका लगाइएको थियो। कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाको उपस्थित थियो।
