SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै सिरिज २–० ले जित्यो

काठमाडौं : एडिलेडमा भएको एकदिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ।पहिले ब्याटिङ गरेको भारतीय टोलीले अष्ट्रेलियालाई २६५ रनको लक्ष्य दिएको थियो। यो अष्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो।अस्ट्रेलियाका लागि म्याट शर्टले सर्वाधिक ७४ रन बनाए। त्यसपछि कुपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट रेनशले ३० रन बनाए।