SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

तेजस्वी यादव महागठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने

काठमाडौं : कांग्रेस नेता अशोक गहलोतले महागठबन्धनका तर्फबाट तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।महागठबन्धनले बिहारमा आफ्नो सरकार बनेमा एकभन्दा बढी उपमुख्यमन्त्री नियुक्त गर्न सक्ने घोषणा गरेको छ।  गहलोतले भने,'तेजस्वी एक युवा हुन्, उनको भविष्य लामो छ। जनताले लामो भविष्य भएकालाई समर्थन गर्छ। उनी युवा छन् र प्रतिबद्धतामा छन्। उनले गत पटक गरेका कामका नारा र वाचा पूरा गर्नेछन्।