SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

यमपञ्चकको अन्तिम दिन आज भाइटीका पर्व मनाइयो

काठमाडौं : यमपञ्चकसमेत भनिने तिहारको अन्तिम दिन बिहीबार भाइटीका पर्व मनाइएको छ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाइएको हो।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने परम्परा रही आएको छ।