भरदुतीयासँगै मधेशमा यमपञ्चक सम्पन्न
महोत्तरी : बिहीबार शुभसाइतमा भरदुतीया मनाएसँगै महोत्तरी लगायत तराई मधेशमा मनाइने दिपावली सकिएको छ। भाइटीका झै विधि अपनाएर मधेशका दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भरदुतीया मनाइएको हो।लोकभाकामा आधारित गीतमार्फत दाजुभाइको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामनासहित दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाइदिएका छन्। यसअघि भाइलाई निम्ता दिएका थिए। सोही निम्ता मान्न गच्छेअनुरुप कोसेलीसहित दिदीको घर गएका दाजुभाइलाई स–सम्मानपूर्वक मिष्ठान भोजनसहित टीका लगाएका हुन्।
